बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

समृद्धिको बहसमा रेल, पानी जहाज आउछ, त्यसभित्र चढ्न मानिस आउँदैनन् : पूर्वस्वास्थ्यमन्त्री थापा

बुधबार, २१ माघ २०७७, १८ : ४०
बुधबार, २१ माघ २०७७

काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री गगन थापाले नेपालको उच्च तहको नेतृत्वमा बसेका राजनीतिक दलहरूले चाहेमा सुर्तीजन्य पर्दाथको नियमन गर्न सक्ने बताएका छन् । उनले वर्तमान समयमा भएका स्रोत साधनहरूलाई प्रयोग गरी इच्छा शक्तिका साथ अगाडि बढेमा नेपालमा सूर्तीजन्य पर्दाथ नियमन गर्न सकिने बताए । 

नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा बुधबार काठमाडौंमा आयोजित नेपालको समृद्धिको बहसमा पूर्वाधारहरूको कुरा उठेपनि मानिसबारे बहस नहुने गरेको थापाको गुनासो थियो । ‘नेपालको समृद्धि बहसमा रेल, पानी जहाज आउछ,’ उनले भने, ‘रेल, पानी जहाजभित्र चढ्न मानिस आउँदैनन् ।’ मानिसलाई मुख्य विन्दुमा राखेर विकासको बहस भएमा मात्रै जीवनको गुणस्तरीयता बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।

सूर्तीजन्य पर्दाथ नियन्त्रणका लागि मुख्य जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने उनले बताए । सूर्तीजन्य पर्दाथ सेवन गर्नेलाई दण्डजरिवाना गर्ने अधिकार स्थानीय सरकारलाई दिनुपर्नेमा उनले जोड दिए ।

‘जबसम्म सूर्तीजन्य पर्दाथको छुट्टै विक्री जन्यस्थल बनाउँदैनांै, सार्वजनिक स्थालमा सूर्तीजन्य पर्दाथ सेवन गर्नेलाई दण्डसजाय जरिवाना गदैनौँ,’ उनले भने, ‘तबसम्म स्थानीय निकायको प्रतिष्ठाको विषयलाई  जोडेर हेर्नुपर्छ ।’

जनप्रतिनीधिहरूले सूर्तीजन्य पर्दाथको विक्री वितरण र सेवनलाई प्रतिष्ठा र लज्जाको बिषय बनाए क्यान्सर जस्ता नसर्ने रोगबाट मुक्त हुन सकिने थापा बताए । यस्तै सरकारले प्रयास गर्दागर्दै पनि किन नेपालमा नयाँ धुमपान तथा सूर्तीजन्य पर्दाथ सेवन गर्ने संख्या घटेको छैन भन्ने थापाको प्रश्न छ ।

सूर्तीजन्य, माद्यकपर्दाथ सेवनमा नियमन, प्रतिबन्ध लगाएर व्यवस्थापन गर्न खोज्दा खोज्दै पनि सूर्तीजन्य पर्दाथ सेवन गर्ने बढेकोबारे गहन रुपमा अध्ययन गर्ने बेला भएको उनले बताए ।

थापाले नेपालमा लागूपर्दाथको दूव्र्यसनीको सुरुवात चुरोटबाट भएको बताए । चुरोट पिउनेहरू नै पछि गएर लागूपर्दाथ सेवन गर्ने गरेको उनी बताउँछन् । ‘नेपालमा चुरोट पिउने धेरै युवाहरू कक्षा ११/१२ बाट  सुरु गर्छन्,' उनले भने, 'नेपालको ठूलो युवा शक्ति जो लागूपर्दाथ सेवन गर्छन् उनीहरू पहिला चुरोट नै पिउथे ।’

नेपालमा चुरोट तथा सूर्तीजन्य पर्दाथ सेवन गर्नेको संख्या घटेमा लागूपर्दाथ सेवन गर्नेको संख्या पनि घट्ने उनले बताए । 

उनले भने, 'माद्यक पर्दाथ तथा सूर्तीजन्य पर्दाथ सेवन गर्न कहाँबाट सुरुभएको छ त्यो थाहा पाउन जरुरी हुन्छ ।' ध्रुमपान तथा सूूर्तीजन्य पर्दाथ सेवन गर्न कहाँबाट सुरुवात हुुन्छ भन्ने कुरा पत्ता लगाएर नियमन गर्न सकेको खण्डमा लागूपर्दाथ सेवन गर्नेको संख्या घटाउँन सकिने समेत उनी बताउँछन् । 

अर्थमन्त्रालयका अधिकारीहरूले तत्काल प्राप्त हुने करमा मात्र विशेष ध्यान दिने गरेको उनको भनाइ थियो । 'अर्थ मन्त्रालयले यती समयमा यती  राजश्व उठाउने भनेर लक्ष्य लिएको हुन्छ, त्यसैले तत्काल राजश्व घट्ने सामग्रीमा ध्यान दिएको पाइँदैन, 'उनले भने ।

सूर्तीजन्य पर्दाथ आयातमा लगाएको करमा ५० प्रतिशत मात्रै भएपनि क्यान्सरजन्य नसर्ने रोगीमा लगानी गरेमा बिरामीलाई सुविधा हुने उनले बताए । साथै सूर्तीजन्य पदार्थ सेवन नियमनका लागि महत्वपूर्ण भूमिका खेल्ने समेत उनले बताए ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप