सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मुलुकलाई संविधानसम्मत् ढंगले अगाडि हिँडाउन आमहडताल :  नेतृ श्रेष्ठ

बिहीबार, २२ माघ २०७७, १३ : ३१
बिहीबार, २२ माघ २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव समूहकी नेतृ शशी श्रेष्ठले मुलुकलाई संविधानसम्मत् ढंगले अगाडि हिँडाउनको लागि आमहड्ताल गरिएको बताएकी छिन् । नेतृ श्रेष्ठले नेकपाले गरेको आमहड्तालमा कोटेश्वर चोकमा सहभागी हुँदै मुलुकलाई संविधानसम्मत् ढंगले अगाडि हिँडाउनको लागि आमहड्तालको आव्हान गरिएको बताएकी हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली विशिष्ट अधिकार प्राप्त व्यक्ति नभएको भन्दै ओलीको स्वेच्छाचारिता र निरंकुशताबाट बचाउनुपर्ने अवस्था आएको पनि बताइन् । नेतृ श्रेष्ठले प्रधानमन्त्री ओलीले संवैधानिक आयोगका पदाधिकारीहरुलाई गैरसंवैधानिक हिसाबले नियुक्ति गरी संविधानलाई अर्को चुनौती दिएको बताइन् ।

संविधान अनुरुप मुलुक नचले देश ठुलो दुर्घटनामा जाने र समाज विभक्त भई द्धन्दमा जाने भन्दै उनले दुर्घटनाबाट बचाउन संविधानलाई कार्यान्वयन गरेर जानुपर्ने बताइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप