सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको प्रश्न: किन चाहियो लालकिल्ला र इण्डिया गेट ?

बिहीबार, २२ माघ २०७७, १५ : ४५
बिहीबार, २२ माघ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पौष्टिकता नै नभएको चामल भारतबाट ल्याउने प्रवृत्ति रोक्नुपर्ने बताएका छन् । बिहीबार आफु निकट किसानहरुको भेलालाई सम्बोधन गर्दै ओलीले  भारतबाट लालकिल्ला, इण्डियागेट लगायतका चामल शान सौकातका लागि आयात गर्ने प्रवृत्ति रोक्नुपर्ने बताएका हुन् । ‘हामीलाई लालकिल्ला, इण्डियागेट चामल चाहिने । जसको पौष्टिकता नै समाप्त भइसकेको हुन्छ । एक इन्च लामो सिता सक्कली हो ? बासमती चाहियो, अर्को के चाहियो ? यस्ता चामल किन आयात गर्छौ हामी ?’ ओलीले खान नपुगेर त्यस्ता चामल आयात नगरिएको पनि बताए । 

उनले नेपालमा चाहिने खाद्यान्न नेपालमै उत्पादन हुने पनि बताए । ‘यसरी आयात गर्ने प्रवृति बदल्नुपर्छ’ प्रधानमन्त्रीको भनाई छ । उनले जमिन बाँझो राख्ने प्रवृत्ति पनि रोक्नुपर्ने भन्दै कृषिका नाममा अनुदान लिएर दुरुपयोग भइरहेकाले सरकारले त्यस्तालाई कडाइ गर्ने बताए । उनले कृषि नीतिका सन्दर्भमा सरकार जानकार रहेको भन्दै उत्पादन र बजारलाई प्रभावकारी बनाउन लागि परेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप