सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जुवाको खालबाट झण्डै सवा २ लाखसहित ७ जुवाडे पक्राउ

शुक्रबार, २३ माघ २०७७, १५ : ४९
शुक्रबार, २३ माघ २०७७

घोराही । दाङमा झण्डै सवा २ लाख रकमसहित सात जना जुवाडेलाइ जुवाको खालबाट दाङ प्रहरिले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले घोराही ९ तेघराबाट २ लाख २० हजार ७ सय रकमसहित सात जना जुवाडेलाई पक्राउ गरेको जानकारी दिए । एसपी चन्दले गोप्य सूचनाको आधारमा  जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीको बिशेष टोलीले जुवाडेलाई पक्राउ गरिएको बताए ।

जुवाको खालबाट पक्राउ पर्नेमा घोराही १६ सर्रा बस्ने ३३ वर्षीय धिरण शाह, घोराही ९ का २१ वर्षीय प्रज्वल शाह, घोराही २ का २३ वर्षीय रोहन खाती, घोराही १३ का २० वर्षीय सुनिल पुनमगर, घोराही ७ का २२ वर्षीय पङ्कज पन्त, घोराही ९ का ५४ वर्षीय होमबहादुर केसी, रोल्पा त्रिबेणी गाउँपालिकाका विजय गाहामगर   रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी तथा प्रवक्ता मुकुन्द रिजालले बताए ।

प्रहरीले पक्राउ परेकामाथि घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । डिएसपी रिजालले जुवामा पक्राउ परेकाहरुलाई जुवा ऐन अनुसार कारबाही हुने जानकारी दिए । पक्राउ परेका केही जुवाडेहरु पटके र विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको हुन सक्ने भएकाले घटनाको त्यतातर्फ अनुसन्धान हुने प्रहरीले जनाएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप