बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

हरिभक्त सिग्देलको नविनतम कृति 'गौराङ्ग' विमोचन

शनिबार, २४ माघ २०७७, १६ : २७
शनिबार, २४ माघ २०७७

काठमाडौं । अध्यात्मिक चिन्तक तथा लेखक हरिभक्त सिग्देल ‘महेश’द्वारा रचित नविनतम् कृति गौराङ्ग खण्डकाव्यको विमोचन गरिएको छ । साहित्य बाटिका नेपाल तथा मुक्तिनाथ दर्शन समाज नेपालले शनिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै विमोचन गरेको हो ।

 कार्यक्रममा प्रमुख अतिथि एवं शिक्षा सचिव गोपीनाथ मैनालीले उक्त खण्डकाव्यको विमाचन गरेका हुन् । गौराङ्ग खण्डकाव्य  प्रचारबाट टाढा रहेका गौराङ्ग बाबाका विषयमा लेखिएको कृति हो । 
सोही कार्यक्रममै प्रमुख अतिथि मैनालीले मुक्तिनाथ दर्शन साहित्य समाज नेपालको समुद्घाटन समेत गरे । कार्यक्रममा मिना सिग्देल उप्रेती द्वारा स्थापना गरिएको ‘शेरबहादुर कान्छी उप्रेती’ स्मृति पत्रकारिता पुरस्कार पत्रकार तथा सर्जक तुलसीहरि कोइरालालाई ११ हजार १ सय ११ नगद सहित प्रदान गरिएको थियो ।

कार्यक्रममा समालोचक युवाराज मैनाली, प्रा.डा अर्जुनदेव भट्ट, डा. खेम कोइराला ‘बन्धु’ कलानिधि दाहाल लागायतले कति र कृतिकारका वारेमा चर्चा गरेका थिए । कार्यक्रमको सयोजन बलराम दाहाल र भैरवी भुगोलले गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप