बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बिहीबार, १९ असोज २०७४, ०६ : ३५
बिहीबार, १९ असोज २०७४

बि.स.२०७४ आश्विन १९ गते । बिहिबार । ईश्वी सन् २०१७ अक्टोबर ०५ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९३९ । आश्विन शुक्ल पक्ष । तिथि पूर्णीमा ४५ घडि २१ पला,रातको १२ बजेर ०७ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र उत्तरभाद्रपदा ३९ घडि २५ पला,बेलुका ९ बजेर ४५ मिनेट उप्रान्त रेवती । योग वृद्धि ६ घडि २९ पला,बिहान ८ बजेर ३४ मिनेट उप्रान्त धु्रव । करण बालव,बिहान ११ बजेर ३४ मिनेट उप्रान्त कौलव,बेलुका १० बजेर ५५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा श्रीवत्स योग । चन्द्ररासि मिन । पञ्चक ।  कोजाग्रतव्रत । गोजाग्रत पूर्णिमा । कार्तिक स्नान । आकाशदीप दान ।

काठमाडौंमा सूर्योदय ०५ बजेर ५९ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ४४ मिनेट जादा । दिनमान २९ घडी २३ पला । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो दुरिको बैदेशिक यात्राको तय गर्न सकिनेछ भने बिदेशमा श्रम गर्नेहरुले मनग्गे धन तथा सम्पति जोड्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएरु जानेछ भने बिदेशमा उत्पादित सामानको व्यापार बाट भनेजस्तो नाँफा कमाउँन सकिनेछ । अध्ययनमा मन सुधार हुँदै जानेछ भने आफन्त तथा सहयोगिहरुको सहयोगले शरिरमा थप उर्जा बढ्नेछ ।  

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) रुपैया पैसा कमाउँने काममा सहभागि हुन सकिनेछ । व्यावसायमा प्रसस्त आम्दानि हुँने हुँने तथा आम्दानिका स्रोतहरु बढेर जानेछ । पैत्रिक धन सम्पति हात लाग्ने योग रहेको छ । दाजुभाईबाट भने जस्तो सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले अरु भन्दा अगि आउँन सकिनेछ ।  

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । व्यापार व्यावसायमा नाँफा कमाउँन निकै मेहनेत गर्नुपर्ला । काममा खुट््टा तान्नेहरु सक्रिय रहनेछन् । पढाई लेखाईमा अल्छि गर्नाले अरुभन्दा पछि परिनेछ । माया प्रेममा धोका हुँन सक्छ । बुवा वा बुवासरहका मानिस सँग मनमुटाव सिर्जना हुँनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । नोकरिमा बढुवा हुँने तथा अनुकुल स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । खोज तथा अनुशस्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा आउँने हुँदा मन खुसि रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घरमा पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) परिस्थितिले ऋण लगाउँने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घर परिवारमा आफन्तबिच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउँन सक्छ सचेर रहनुहोला । बाटो हिड्दा वा सवारि चलाउँदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पानिसँग सम्बन्धित व्यावसाय खस्केर जाने योग रहेकोछ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर हुँने हुँदा पढाई लेखाईमा मन जाने छैन भने अरुभन्दा पछि परिनेछ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेममा अबिश्वास बढ्ने तथा जीवनसाथि सँग मनमुटाब बढ्ने हुँदा कामहरु प्रभावित हुँनेछ । भौतिक बस्तु तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकहरुलेनै तपाईलाई फसाउँन सक्छन् ख्याल गर्नुहोला । अध्ययनमा ध्यान केन्द्रित नहुँदा प्रतिष्पर्धामा अरुभन्दा पछि परिनेछ । खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) वादबिवाद तथा प्रतिष्पर्धामा आज भाग नलिनुहोला ऋणात्मक नतिजा आउनेछ । व्यापार व्यावसायमा गरिएको लगानिबाट नाँफा कमाउँन निकैनै संघर्ष गर्नुपर्ला । बिद्यामा सोचेजस्तो प्रगति गर्न बडीनै समय दिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । ऋणलाग्ने तथा खर्च बड्ने हुँदा मन चिन्तित हुँनेछ । प्रेममा अबिस्वासको बाताबरण सिर्जना हुँनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक धन सम्पति हात लागि हुँने योग रहेकोछ । पदिय दायित्व बढ्ने तथा काम गर्ने ठाउँमा तपाईको काम गर्ने शैलिको धेरैले प्रशंसा गर्नेछन् । पढाई लेखाईमा मन जाने हुँनाले प्रतिष्पर्धिहरुलाई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँनेछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कृषि तथा पशुपालन व्यावसायमा लगानि गर्दै हुँनुहुन्छ भने मनग्गे लाभ लिन सकिनेछ । आमा वा परिवारका सदस्यसित टाडिनु पर्दा गाह्रो महशुष हुँनेछ । पढाई लेखाई बिभिन्न कारणले अश्त व्यस्त रहने तथा तत्काल सुधार गर्न नसकिने हुँदा अरुभन्दा पछि परिनेछ । सर्बसाधारण सहयोग नगर्ने हुँदा राजनिति तथा समाजसेवामा पनि आजको दिन लाग्ने समय छैन । स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा लगानि गर्दा घाटा हुँन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँनाले दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । पढाई लेखाईमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । माया प्रेममा धोमा हुँनेछ भने पति पत्नि सँग मनमुटाब बढ्न सक्छ । दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा मनमुटाव सिर्जना हुँनेछ । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् ।

कुम्भ(गू ,गे,गो,सा,सी,सू,से,सो,दा) बोलिको प्रभाब बढ्ने हुनाले महत्वपुर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुँनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । पति पत्नि तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपाईले गरेको काममा सहयोग प्राप्त हुँनेछ । पढाई लेखाईमा सफलता हात लाग्ने योग रहेकोछ । व्यापार व्याव्वसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायबाट मनग्गे धन सम्पति कमाउँन सकिने हुदा आवस्यक्ताहरु परिपुर्ति हुँनेछन् । सुन्दर तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर खिच्न सकिनेछ । सामाजिक कामहरु समयमा गर्न सकिने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोकिएर बसेका कामहरु सजिलै सम्पादन गर्न सकिनेछ भने आर्थिक रुपमा सुदृड हुँने समय रहेकोछ । बिद्यार्थिहरुले आफ्नो प्रतिष्पर्धिहरुलाई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । 

तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५

नोट :  चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप