सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

६ महिनामा सरकारी कर्मचारीले लगे ६८ अर्ब पारिश्रमिक, कोरोनाका कारण भ्रमण खर्च जोगियो

आइतबार, २५ माघ २०७७, १३ : ५२
आइतबार, २५ माघ २०७७

सरकारले चालु आर्थिक वर्षको ६ महिनामा कर्मचारीको पारिश्रमिकका लागि  ६८ अर्ब ६९ करोड ४० लाख रुपैयाँ खर्च गरेको छ । अर्थात अर्थ मन्त्रालयले सो रकम पारिश्रमिकको लागि निकासा गरेको हो । पारिश्रमिककै लागि चालु वर्षका लागि १ खर्ब २० अर्ब रुपैयाँ छुट्याइएको थियो । 

यस्तै महँगी भत्ताका लागि २ अर्ब ७६ करोड ३२ लाख ६६ हजार रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । चालु आवका लागि महँगी भत्ताका लागि ४ अर्ब ७० करोड रुपैयाँ छुट्याएको थियो । 
यता कर्मचारी बैठक भत्ताका लागि ८९ करोड, अन्य भत्ताअन्तर्गत ५० लाख र पदाधिकारीको पारिश्रमिक बाहेकका सुविधाका लागि ६ करोड ४५ लाख रुपैयाँ खर्च गरेको छ । सरकारले नियुक्त गरेको पदाधिकारीको पारिश्रमिकका लागि मात्र ९४ करोड खर्च गरेको छ । 

सरकारले चालू आर्थिक वर्षमा मेशनरी तथा औजार किन्न १ अर्ब २४ करोड रुपैयाँ खर्च गरेको छ । जसका लागि ३ अर्ब ४० करोड रुपैयाँ बजेट विनियोजन भएकोमा ६ महिनाको अवधिमा सो रकम खर्च गरेको हो ।  सरकारले हरेक महिना रकमान्तरको विवरण सार्वजनिक गर्ने भएपनि केही महिना यता रकमान्तरको विवरण सार्वजनिक गरेको छैन ।  

सरकारले चालु आवको लागि १४ खर्ब ७४ अर्बको बजेट ल्याएको थियो । सो मध्ये हालसम्म ४ खर्ब ८२ अर्ब रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । 

कोरोनाले सरकारी कर्मचारीको भ्रमण खर्च जोगियो
सरकारी कर्मचारीहरु भ्रमणमा ठुलो रकम सिध्याएको भन्दै आलोचना हुने गरेपनि यसपटक भने ६ महिना वित्ता समेत भ्रमण्न खर्च भएको छैन । अर्थ मन्त्रालयलका एक अधिकारी कोरोनाको कारण भ्रमण नहुँदा  सरकारले छुट्याएको सो शीर्षकको खर्च हुन नसकेको बताउँछन् । सरकारले चालु आवका लागि  १ अर्ब रुपैयाँ भ्रमण खर्च छुट्याएको थियो । पुस मसान्तसम्म यस्तो खर्च भएको छैन । 

सरकारी सावरी साधनका लागि ३ अर्ब ८० करोड ७६ लाख रुपैयाँ इन्धनका लागि खर्च भएको छ । चालु आवका लागि इन्धन खर्च भनेर १२ अर्ब १० करोड रुपैयाँ छुट्याइएको थियो ।  सवारी साधन मर्मतका लागि ५ अर्ब ३६ करोड रुपैयाँ खर्च भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप