सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नयाँ उचाई लिँदै शेयर बजार, सोमबार ३७ अंकले बढ्यो

सोमबार, २६ माघ २०७७, १५ : २७
सोमबार, २६ माघ २०७७

काठमाडौं । शेयर बजार परिसूचक (नेप्से) आज पनि बढेको छ । साताको दोस्रो दिन सोमबार परिसूचक ३७.४८ अंकले बढेर २ हजार ५ सय ६१ दशमलव ४७ अंकमा पुगेको हो । आज पनि बजारमा १० अर्ब भन्दा माथिको कारोबार भएको छ ।

यो दिन बजारमा १ करोड ९३ लाख कित्ता शेयर कारोबार हुँदा कुल कारोबार रकम १० अर्ब नाघेको हो । आइतबार बजार १० अर्ब १७ करोड रुपैयाँ बरारबरको छ । आइतबार एकै दिन १ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार भने बैंकिङ र विकास बैंक परिसूचक सबैभन्दा धेरै बढेको छ । यी दुवै उपसूचकहरुमा ३ प्रतिशत भन्दा धेरैको वृद्धि देखिएको नेप्सेले जनाएको छ । व्यापारमूलक, जलविद्युत् निर्जीवन बीमा, उत्पादनमूलक र माइक्रोफाइनान्स समूह भने आज घटेको छ । 

बजारमा आज १ सय ७४ कम्पनीमध्ये ७५ कम्पनीको मूल्य बढेको छ । ९३ कम्पनीको मूल्य घटेको छ भने बाँकी ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन । यो दिन प्रभु बैंक र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था गरी २ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । हिमालयन उर्जा हाइड्रोपावर र उन्नति सहकार्य लघुवित्तको कारोबार भने सबैभन्दा बढी ६ प्रतिशत भन्दा धेरैले घटेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप