सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

निर्माण जगतमा लोकप्रिय बन्दै जगदम्बा कङ्क्रिटो

निजीदेखि सरकारी प्रोजेक्टसम्म उच्च माग
मङ्गलबार, २७ माघ २०७७, ०८ : ५२
मङ्गलबार, २७ माघ २०७७

काठमाडौँ । बहुप्रतिष्ठित सिमेन्ट उत्पादक कम्पनी जगदम्बाको नवीन उत्पादन कङ्क्रिटो बजारमा स्थापित बन्दै गएको छ । लामो समयदेखि निर्माण क्षेत्रमा सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीले पछिल्लो समय सोही क्षेत्रमा प्रयोग हुने कङ्क्रिटो उत्पादनको थालनी गरेको हो ।

२०७५ सालदेखि पहिलो पटक कङ्क्रिटो उत्पादन थालनी गरेको कम्पनीले अहिले बजारमा निर्माण क्षेत्रमा प्रयोग हुने ब्रिक्स, ब्लक, कर्भस, पेभर्स, ड्रेन्स, स्ल्याब्स्, फ्ल्याग टायल लगायतका आधा दर्जनभन्दा बढी उत्पादन दिइरहेको छ । त्यसो त निर्माण सामग्री उत्पादमा कम्पनी सन् २००१ देखि नै बजारमा स्थापित रहँदै आएको छ ।

उत्कृष्ट उत्पादन, उच्च क्षमता, किफायती र सर्वसुलभ प्रोडक्टकै कारण जगदम्बाको उत्पादन आम उपभोक्ताको रोजाइ बन्दै गइरहेको छ । यही बेला कम्पनीको पछिल्लो उत्पादन कङ्क्रिटोले समेत उपभोक्ताको मन जित्न सफल भएको कम्पनीको भनाइ छ । योसँगै जगदम्बाको पछिल्लो उत्पादन कङ्क्रिटोको प्रयोग अहिले अधिकांश निर्माण क्षेत्रमा प्रयोग हुन थालेका छन् । 

सहरी क्षेत्रका अधिकांश सडक छेउछाउ, पेटी, फुटपाथ, गार्डेन, पार्किङ क्षेत्रसँगै घरका आगन तथा गल्लीमा समेत अहिले जगदम्बा कङ्क्रिटोको प्रयोग भइरहेका छन् ।

त्यसो त सरकारी मापदण्डकै कारण बन्ने सडक पेटी तथा फुटपाथहरूमा अधिकांश जगदम्बा कङ्क्रिटोकै प्रयोग हुने गरेको कम्पनीका बजार प्रवन्धक जगन्नाथ दाहाल बताउँछन् ।

‘सिमेन्टमा मात्र होइन निर्माण जगतमा जगदम्बा कङ्क्रिटो समेत उत्तिकै स्थापित बन्दै गएको छ । जगदम्बाको उत्पादन कङ्क्रिटोको क्षमता, गुणस्तर र लोकप्रियताकै कारण अहिले उत्पादन सबैको रोजाइ बन्दैछ ।’ दाहाले भने, ‘उच्च गुणस्तर र आवश्यक मापदण्डकै कारण अहिले अधिकांश सरकारी प्रोजेक्टमा जगदम्बा कङ्क्रिटोको प्रयोग हुने गरेको छ ।’

दाहालका अनुसार आवश्यक सरकारी पादण्ड पूरा गरेकै कारण अहिले बन्दै गरेका सडक पेटी तथा सरकारी प्रोजेक्टमा समेत जगदम्बा कङ्क्रिटोले पहिलो प्राथमिकता पाएको हो ।

त्यसो त गुणस्तरीयताको सवालमा सरकारी ल्याब टेस्टमा समेत जगदम्बा कङ्क्रिटो पास भएको दाहालको भनाइ छ ।

जर्मन प्रविधिमा उत्पादन

औपचारिक रूपमा वि.संं. २०७५ सालबाट पहिलो पटक उत्पादन थालनी गरेको कम्पनीले जगदम्बा कङ्क्रिटो नेपालमै पहिलो जर्मन प्रविधिबाट उत्पादित कङ्क्रिटो भएको दाबी गरेको छ । उच्च स्तरीय जर्मन प्रविधिमा रहेर उत्पादन गरिएका जगदम्बा कङ्क्रिटोको हरेक उत्पादन गुणस्तरीय रहनुका साथै मजबुद र किफायती समेत रहेको कम्पनीको दाबी छ ।

‘क्वालिटीमा नो कम्प्रमाइज । गुणस्तरीयताको सवालमा हामी आफूले आफैलाई एक नम्बर दाबी गर्न सक्छौँ । जुन बजारमा हाम्रो प्रोडक्टले सावित गरिदिएको छ । त्यसै पनि जर्मन प्रविधिमा भएको उत्पादन, बजारका अन्य जुन कुनै उत्पादनहरूसँग जगदम्बा प्रतिस्पर्धा गर्न सक्षम छ ।’ कम्पनीका इन्जिनियर कुशल काफ्लेले भने, ‘गुणस्तर र किफायतीका सवालमा कम्पनी सतप्रतिशत ग्यारेन्टी दिन तयार छ ।’

त्यसो त हाल बजारमा पाइने समान आकारका, टुटफुट हुने र कम गुणस्तरका कङ्क्रिटोहरू विस्तापित गर्दै गुणस्तरीय कङ्क्रिटोको मात्र बजार स्थापित गर्ने उद्देश्यले नै कम्पनीले कङ्क्रिटोको समेत उत्पादन थालनी गरेको काफ्ले बताउँछन् ।

‘उत्पादनका लागि उत्पादन र बजारका लागि बजार थप अर्को एक कम्पनी थप्ने उद्देश्य हाम्रो होइन । बजारमा रहेका कमसल र कम गुणस्तका उत्पादनहरू विस्तापित गर्दै गुणस्तरीयता स्थापित गर्ने हाम्रो प्रमुख उद्देश्य हो । जुन लक्ष्यमा हामी सफल बन्दै पनि गएका छौँ,’ इन्जिनियर काफ्ले भने ।

त्यति मात्र नभएर उचित मूल्यमा उच्च गुणस्तरको उत्पादन उपभोक्ताहरूलाई प्रदान गर्नुसमेत कम्पनीले उद्देश्य रहेको उनले बताए ।

यस्तो उत्पादनले लगानीको बचत गर्ने मात्र नभएर समग्र राष्ट्रको आय आर्जनमा समेत टेवा पुग्ने र राजस्व सङ्कलन र रोजगारीमा समेत वृद्धि हुने कम्पनीको भनाइ छ । जसले लगानीको १० देखि अधिकतम ७५ प्रतिशतसम्म बचत गर्ने कम्पनीको भनाइ छ ।

यस्तो प्रोडक्टको उत्पादनमा हाल भएका उद्योगहरूलाई समेत परिष्कृत र परिमार्जनमा गर्दै लैजानुपर्नेमा कम्पनीले जोड दिएको छ ।

उत्पादन

कम्पनीले निर्माणमा चाहिने पूर्वनिर्मित प्रि–कास्ट विभिन्न प्रकारका वस्तुहरू उत्पादन गर्दैआएको छ । घर, हाउजिङ, अपार्टमेन्ट, सपिङ कम्प्लेक्स, होटल, बाटो, राजमार्ग, पार्क आदि जस्ता संरचनालाई आवश्यक इँटा, ब्लक, पेभर, स्ल्याब, कर्भस्टोन लगायत दर्जन हारहारीमा निर्माण क्षेत्रमा प्रयोग हुने वस्तुको उच्च गुणस्तरका साथ उत्पादन गरिरहेको छ ।

यस्तो उत्पादन देशमै उपलब्ध रहेको बालुवा, सिमेन्ट र खेर गइरहेको खरानी प्रयोग गरी अत्यधुनिक रोबोटिक प्लान्टद्वारा उत्पादन गरिहेको कम्पनीले जनाएको छ ।

यस किसिमका वस्तुको उत्पादन प्रक्रियामा धुँवा, धुलो उड्ने समस्या नरहने, कृषियोग्य माटोको प्रयोग गर्नु नपर्ने, ओसारपोसार र निर्माणका चरणमा पनि धुलोमुक्त हुने हुनाले मजदुर तथा आम उपभोक्ताको स्वास्थ्यमा नकरात्मक प्रभाव नपर्ने कम्पनीले जनाएको छ ।

हाल वीरगञ्जको चोर्नी पर्चामा उद्योग स्थापना गरी कङ्क्रिटोको उत्पादन गरिरहेको कम्पनीले बजारको बढ्दो लोकप्रियता र मागसँगै नेपालका अन्य क्षेत्रमा समेत उद्योग स्थापना गरी उत्पादन विस्तार गर्ने योजना बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप