आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हराएका २५ मोटरसाइकल खोजतालास गरी सम्बन्धित धनीलाई बुझाइयो

मङ्गलबार, २७ माघ २०७७, १४ : २६
मङ्गलबार, २७ माघ २०७७

काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले हराएका २५ वटा मोटरसाइकल खोजतालास गरी मंगलबार सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । मोटरसाइकल हराएको भनी निवेदन दिन आउनेहरुको गुनासोलाई सम्बोधन गर्न ट्राफिक प्रहरीको विशेष अपरेशन टोली परिचालन गरी चोरीमा संलग्न व्यक्तिसहित मोटरसाइकलहरु नियन्त्रणमा लिइएको हो ।

उपत्यकाका बालाजु, टोखा, सातदोबाटो, माछापोखरी, मुलपानी, तिनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालिमाटी, महाराजगंग, कलंकी लगायतका स्थानबाट फेला पारिएको २५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महशाखाका अनुसार सादा पोशाकमा प्रहरी परिचालन गरेर हराएका मोटरसाइकल तथा स्कुटर खोजीलाई तिव्रता दिइएको महाशाखाका प्रमुख एसएसपी जनक भटटराईले बताए ।

उनले जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकोले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, साईरन लगायतका उपकरण जडान गर्न समेत मोटरसाइकल चालकहरुलई सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप