आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खोप उत्पादन गर्ने तीन विदेशी कम्पनीद्वारा औषधि व्यवस्था विभागमा निवेदन

मङ्गलबार, २७ माघ २०७७, १७ : ११
मङ्गलबार, २७ माघ २०७७

काठमाडौं । कोभिड—१९ (कोरोना भाइरस) विरुद्धको खोप उत्पादन गरिरहेका तीन विदेशी कम्पनीहरूले नेपालमा खोप उपलव्ध गराउन औषधि व्यवस्था विभागमा निवेदन दिएका छन् । कोरोनाविरुद्धको खोप उत्पादन गरिरहेका चीनको सिनोफाम, भारतीय कम्पनी भारत बायोटेक र  स्पुतानिक भी खोप उत्पादन गरिरहेको रुसी कम्पनीले विभागमा निवेदन दिएका हुन् । 

कम्पनी दर्ता प्रक्रियामा आएका तीन देशका कम्पनीसँग विभागले थप कागजात माग गरेको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले जानकारी दिए । विभागमा अक्सफोर्ड एस्ट्राजेनिका र भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्च्यिुटले उत्पादन गरेको कोभिशिल्ड खोप आपतकालीन प्रयोगका लागि दर्ता भइसकेको छ । 

कोभिशिल्ड खोप आपतकालीन प्रयोगका लागि दर्ता भएपछि भारत सरकारको अनुदान सहयोगमा १० लाख डोज खोप हाल फ्रन्टलाइनमा रहनेहरूलाई लगाइने कार्यक्रम जारी छ ।  विभागले कोभिड—१९ विरुद्धको खोप प्राप्त गर्न चाहने उत्पादक वा आधिकारिक आयातकर्ताले आवश्यक कागजातसहित आपतकालीन प्रयोगका लागि दर्ता अनुमतिका लागि आवेदन बुझाउन यस अघिनै सूचना जारी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप