सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गोरु काटेको आरोपमा ५ जना पक्राउ

मङ्गलबार, २७ माघ २०७७, १८ : ४६
मङ्गलबार, २७ माघ २०७७

पोखरा । गोरु काटेको आरोपमा मुस्ताङबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । थासाङ गाँउपालिका ४ घाँसास्थित अर्पण श्रेष्ठको घरमा राति १० बजे गोरु काटिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
गोरु काटेको आरोपमा प्रक्राउ पर्नेहरुमा २६ वर्षीय अर्पण श्रेष्ठ, ५३ वर्षीय लालबहादुर श्रेष्ठ, ३७ वर्षीय शनिष श्रेष्ठ, १३ वर्षीय निश्चल विक र ३७ वर्षीय पूर्ण विक रहेको गण्डकी प्रदश प्रहरी कार्यलय पोखराले जनाएको छ । 
अर्पण श्रेष्ठको घरमा गोरु काटिरहेको सूचनाका आधारमा उनीहरुलाई गोरुको मासुसहित पक्राउ गरिएको हो ।  उनीहरु विरुद्ध आवश्यक कारवाही प्रक्रिया अगाडि वढाइएको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप