आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आज ४ सय ९ जनाले  लगाए कोरोना विरुद्धको खोप

बुधबार, २८ माघ २०७७, १९ : १८
बुधबार, २८ माघ २०७७

काठमाडौं । आज ४ सय ९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारीसहित ४ सय ९ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका हुन् ।  जसमा २ सय ६९ पत्रकार र १ सय ४० जना कुटनीतिक नियोगका कर्मचारी सहभागी थिए । 

सिभिल अस्पतालमा २ सय ६९ जना पत्रकारले खोप लगाएका छन् भने त्रिवि शिक्षण अस्पतालमा १ सय ४० जना कुटनीतिक नियोग तथा दूतावासका कर्मचारीले खोप लगाएका छन्  । त्यस्तै युएन एजेन्सीका लागि तोकिएको पाटन अस्पतालमा तीन दिनको अवधिमा ११ जनाले मात्रै खोप लगाएका छन् । 

यसअघि सोमबार र मंगलबार क्रमशः २ सय २६ र ३ सय २० जना पत्रकारले खोप लगाएका थिए । सरकारले सोमबारबाट पत्रकार र  कुटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु गरेको हो । खोप कार्यक्रम शुक्रबारसम्म सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप