सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वाग्मतीमा प्रहरीलाई ३४ वटा सवारी साधन उपलब्ध गराइने

बुधबार, २८ माघ २०७७, १९ : ४०
बुधबार, २८ माघ २०७७

हेटौंडा । वाग्मती प्रदेश सरकारले प्रदेशभित्र भएका नेपाल प्रहरीका विभिन्न एकाइलाई ३४ वटा सवारीसाधन उपलब्ध गराउने निर्णय गरेको छ ।  प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रहरीका लागि १२ गाडी र २२ मोटरसाइकल उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

बैठकले स्थानीय तहमार्फत कार्यक्रम कार्यान्वय गराउने तथा विभिन्न खालको योगदान दिने निर्णय गरेको छ । त्यस्तै सरकार स्थापनाको तीन वर्ष पुगेका अवसरमा भोलि मनाउन लागिएको तेस्रो वार्षिकोत्सव कार्यक्रम धुमधामसँग मनाउने निर्णयसमेत गरेको मन्त्री ढुङ्गेलले जानकारी दिए । बैठकले प्रदेशभित्रका नागरिकलाई हृदयघात भएमा तत्काल उपचार गर्नेसम्बन्धी गङ्गालाल हृदय रोग केन्द्रसँग सहकार्य गर्नेलगायत निर्णय गरेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप