सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ओलीतिर गएकाहरु फर्कने क्रम बढ्दैछ: प्रचण्ड

बिहीबार, २९ माघ २०७७, १७ : ०८
बिहीबार, २९ माघ २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली विचार र राजनीति तथा विधि र प्रक्रियाको हिसावले पनि निरंकुशताको यात्रामा लागेकाले मुलुकमा राजनीतिक संकट पैदा भएको बताएका छन् । 

बिहीबार काठमाडौमा भएको प्रशिक्षण कर्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीले पार्टीमा पनि लोकतन्त्रको अभ्यास नमानेकाले देश चलाउने कुरामा पनि लोकतन्त्रको अभ्यास विपरित गएको बताएका हुन् ।  ‘केपी राजनीति र विचार तथा विधि र प्रक्रियाको हिसाबले पनि निरंकुशतातिर गएकाले राजनीतिक संकट पैदा भएको हो’ प्रचण्डको भनाई छ । 

उनले पार्टीमा काम गर्न नदिएकाले प्रतिनिधि सभा विघटन गरेँ भनेर ओलीले भनेर भ्रम छरेको बताए । उनले पार्टी एकताविरोधी ओली पक्ष चोइटिएर गएको भन्दै केपीले दिने गरेको भ्रम कमजोर हुँदै गएको बताए । ‘भ्रममा परेका साथीहरु उता गएकाहरु फर्कने क्रम बढ्दो छ । आज मात्रै पनि मैले एकजना सांसदसँग कुरा गरेको छ । त्यसकारण हामी एकताबद्ध भएर जाऔं हाम्रो जित सुनिश्चित छ’, अध्यक्ष प्रचण्डको भनाई छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप