आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाबुरामको निष्कर्ष: यी तीन कारणले मुलुक संकटतर्फ धकेलियो

बिहीबार, २९ माघ २०७७, २३ : ४३
बिहीबार, २९ माघ २०७७

काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले अहिले मुलुकमा तीनवटा संरचनात्मक कारणले संकट देखिएको बताएका छन् । नेता भट्टराईले अहिलेको संकटको संरचनात्मक कारण र त्यसको दीगो हल कसरी खोज्न सकिन्छ भन्ने विषयमा समेत ३ वटा उपायहरु सुझाएका छन् ।

बिहीबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले नेपालमा संकट निम्तिनुको पहिलो संरचनात्मक कारण विश्वमा नयाँ शितयुद्धको थालनी र नेपालमा त्यसको प्रभाव भएको स्पष्ट पारेका छन् । त्यसका लागि नेपालले बेलैमा नयाँ रणनीति बनाउनुपर्नेमा समेत उनले जोड दिएका छन् । 

त्यस्तै दोश्रो कारण विश्व उत्तर–पुँजीवादी चरणमा रहेको र नेपाल किनारा–पुँजीवादी चरणमा भएकोले संकट निम्तिएको उनको भनाई छ । त्यसका लागि नेपालले विश्वसँग पदचाप मिलाउनुपर्ने उनले बताएका छन् ।  त्यसैगरी संकटको तेश्रो कारण नेपालमा काँग्रेसमा नवउदारवाद र नेकपामा स्टालिनवादको खच्चड राजनीति देखिएको उनको आरोप छ । त्यसका लागि नयाँ समाजवादी लोकतन्त्रको विकास गर्नुपर्नेमा भट्टराईले जोड दिएका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप