आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निर्वाचनमा भाग लिने दलको टुङ्गोबिनै आचारसंहिताबारे छलफल गर्न आयोगको निम्ता

आइतबार, ०२ फागुन २०७७, १० : ५२
आइतबार, ०२ फागुन २०७७

 

काठमाडौँ । निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको टुङ्गो नै नलागी निर्वाचन आयोगले चुनावी आचारसंहिताबारे छलफल गर्न राजनीतिक दलहरुलाई आयोगमा बोलाएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन आचार संहिताबारे छलफलका लागि आइतबार बिहान साढे ११ बजे सवै दललाई बोलाइएको जानकारी दिए ।

निर्वाचन आयोगका अनुसार आयोगले आचारसंहिताको मोटामोटी मस्यौदा तयार बनाइसकेको र त्यसमा दलहरुको सुझाव समेट्न छलफल गर्न लागेको हो । ‘छलफलका लागि आयोगले सबै दलका नाममा पत्र काटेको छ । आउने व्यक्ति उहाँहरुलाई जो अनुकुल हुन्छ उहाँहरु नै आउनुहुन्छ’, प्रवक्ता श्रेष्ठको भनाइ छ । दलहरुसँग परामर्श सकेलगत्तै निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने आयोगको तयारी छ ।

नेकपा प्रचण्ड माधव पक्षका नेता लिलामसण पोखरेलले दलको टुंगो नै नलागी आचारसंहिताबारे कस्तो छलफल गर्न लागेको हो भन्ने आफुलाई समेत जिज्ञासा पैदा भएको बताए । उनले छलफलमा सहभागी भने हुने प्रतिक्रिया दिए ।

गत पुस ५ गते सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन मिति तोकेको छ । तर नेकपा ओली समुह बाहेका अन्य सबै दल प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोतकतान्त्रिक भन्दै पुनर्स्थापनाका लागि आन्दोलन गरिरहेका छन् । सर्वोच्चमा समेत प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको बहस जारी छ ।

संसद विघटनपछि सत्तारुढ दल नेकपा विभाजित छ । यद्यपि कानुनी रुपमा विभाजनको मान्यता भने पाइसकेको छैन । आयोगमा आधिकारिकताका लागि केपी ओली पक्ष र प्रचण्ड–माधव दुवै पक्षले दाबी गरिरहेका छन् । यसमा आयोग भने अनिर्णयको बन्दी बनिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप