गायिका देशारलाई मातृशोक
आइतबार, ०२ फागुन २०७७, १९ : ३५
ललितपुर । गायिका निशा देशारलाई मातृशोक परेको छ । उनकी आमा चिरिमाया देशारको आइतबार चापागाउँ न्हाकदँस्थित घरमा निधन भएको हो । झन्डै डेढ वर्षदेखि क्यान्सरसँग जुधिरहेकी निशाकी आमा चिरिमाया गत सातामात्रै वीर अस्पतालबाट ‘डिस्चार्ज’ भएकी थिइन् । उनलाई फोक्सोको क्यान्सर भएको पारिवारिक श्रोतले जनाएको छ ।
गायिका निशाका अतिरिक्त दिवंगत ५९ वर्षीया देशारका एकछोरा (अनुप) र छोरी (सुष्मा) छन् । उनको चापागाउँमै गुठी परम्पराअनुसार आइतबार दाहसंस्कार गरिएको छ । उनका पति ज्ञानलाल देशारको दुई वर्षअघि नै निधन भइसकेको छ ।