सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली सरकारको तेस्रो वार्षिकोत्सवमा ओली पक्ष र काँग्रेसका सांसद अनुपस्थित

सोमबार, ०३ फागुन २०७७, १३ : ४०
सोमबार, ०३ फागुन २०७७

सुर्खेत । कर्णाली प्रदेशको तेस्रो वार्षिकोत्सवमा नेकपा केपी ओली पक्ष र काँग्रेसका सांसद अनुपस्थित भएका छन् । सोमबार आयोजित तेश्रो वार्षिकोत्सवमा ओली पक्ष र काँग्रेसका सांसदहरु अनुपस्थित भएका हुन् ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्राङ्गणमा विहान ११ बजेदेखि कार्यक्रम शुरु गरिने भनिएको थियो । नेकपाको ओली पक्षका सांसदहरु भने कतै देखिएनन् । नेपाली काँग्रेसबाट सांसद अमृता शाही मात्रै सहभागी भइन् । 

विपक्षी दल काँग्रेसका नेता जीवनबहादुर शाहीले भने आफुहरुलाई कुनै जानकारी नगराइएकाले उपस्थित हुन नसकेको जानकारी दिए । यद्यपि, आफु अहिले गृह जिल्लामा रहेको जानकारी गराउँदै शाहीले रातोपाटीलाई भने, ‘म गृह जिल्लामा छु हामीलाई एक दुई दिनअघि जानकारी भए उपस्थित हुन सकिन्थ्यो, उहाँहरुले वास्तै गर्नुभएन्  । हाम्रा सांसद साथीहरु आ–आफ्नो जिल्लामा  हुनुहुन्छ‘ उनले भने  । 

प्रदेशसभामा नेकपाका ३३ सदस्य छन् । तीमध्ये २२ जना प्रचण्ड–माधव पक्षका छन् । बाँकी सांसदहरु ओली पक्षका रहेका छन् । उनीहरु वार्षिकोत्सवमा सहभागी भएनन् । कार्यक्रममा सरकारको वार्षिक प्रगति विरण सार्वजनिक गर्ने कार्यक्रम समेत रहेको छ ।

 समारोहमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, सभामुख राजबहादुर शाही लगायत विभिन्न मन्त्रालयका मन्त्रीहरुको उपस्थिति रहेको छ । त्यस्तै कार्यक्रममा उपसभामुख पुष्पा घर्ती, प्रचण्ड–माधव पक्षको दलका प्रमुख सचेतक सीता नेपाली, सांसदहरु विन्दमान विष्ट, सुशीलकुमार थापा, पद्मा खड्का, वीरबहादुर शाही, गणेशबहादुर सिंह कार्यक्रमका सहभागी भएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप