आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा चिनियाँ ‘भेरो सेल’ खोपले आपतकालीन प्रयोगको अनुमति पायो

बुधबार, ०५ फागुन २०७७, २३ : ४७
बुधबार, ०५ फागुन २०७७

काठमाडौं । नेपालमा चिनियाँ ‘भेरो सेल’ खोपले आपतकालीन प्रयोगका लागि अनुमति पाएको छ । चाइनिज सिनोफार्म कम्पनीको भेरो सेल खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको औषधी व्यवस्था विभागले जानकारी दिएको हो । यो खोप बेइजिङ इन्स्टिच्युट बायोलिजकलबाट उत्पादन हुने गरेको छ ।

नेपालमा यसअघि भारतले नेपाललाई १० लाख डोज खोप अनुदानका रुपमा  उपलव्ध गराइसकेको छ । भारतमा निर्मित उक्त खोप सिरम इन्स्टिच्युटबाट उत्पादन भएको हो । कोभिसिल्ड नामको सो खोप अहिले नेपालमा लगाउने अभियान जारी छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप