आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शिक्षक बन्दै प्रदीप

बिहीबार, ०६ फागुन २०७७, १२ : ५३
बिहीबार, ०६ फागुन २०७७

काठमाडौँ । अभिनेता प्रदीप खड्का शिक्षक बन्ने भएका छन् । उनी रियलमा भन्दा पनि रिल लाइफमा शिक्षक बन्न लागेका हुन् । उनको शिक्षक अभिनय रहने फिल्म ‘प्रकाश’ हालै घोषणा गरिएको छ । फिल्ममा उनले शिक्षक बन्ने चाहना भएको एक युवाको भूमिका निर्वाह गर्दैछन् ।

‘प्रकाश’ दिनेश राउतले निर्देशन गर्न लागेको फिल्म हो । फिल्ममा दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, नीरज पन्थी,पवित्रा खड्कालगायतको अभिनय रहनेछ । रेनुले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् । फिल्ममा रेनु प्रदीपको जोडीको रुपमा देखिनेछिन् ।

जुम्लाको पृष्ठभूमि रहेको कथामा पटकथा भने विकास सुवेदीले तयार पारेका छन् । राजेश श्रेष्ठको छायाँकन, ताराप्रकाश लिम्बू, एलिस कार्की र दीपक शर्माको संगीत रहेन फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप