सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश २ सरकारद्वारा दलित विकास समिति गठन

बिहीबार, ०६ फागुन २०७७, १६ : ४३
बिहीबार, ०६ फागुन २०७७

काठमाडौं । प्रदेश २ सरकारले दलित विकास समिति गठन गरेको छ । प्रदेश २ मन्त्रिपरिषद्को बैठकले प्रदेश दलित सशक्तिकरण ऐनको प्रयोग गरी सो समिति गठन गरेको भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले जानकारी गराए ।

समितिको उपाध्यक्षमा रामप्रवेश वैठा तथा सदस्यहरुमा सिराहाकी सेवकी देवी दास, सप्तरीका श्यामसुन्दर सरदार, रौतहटका राजकुमार दास तत्मा, सिरहाकी सुनिता मरिक रहेका छन् ।  प्रदेश २ मा झण्डै १८ प्रतिशत जनसंख्या रहेको दलित समुदायसँग हुने विभेदलाई सम्बोधन गर्न प्रदेशस्तरीय संयन्त्र निर्माण भएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप