सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विप्लवका कार्यकर्ताको आशंकामा एक व्यक्ति पक्राउ

बिहीबार, ०६ फागुन २०७७, १८ : ३६
बिहीबार, ०६ फागुन २०७७

बुटवल । प्रहरीले नेकपा विप्लव समूहमा आवद्ध कार्यकर्ताको आशंकामा बुटवलवाट एक जनालाई नियन्त्रणमा लिएको छ । आज दिउँसो बुटवलमा रणनैतिक संयुक्त मोर्चाको जनसभामा सहभागी हुन आएका एक पूरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनलाई विप्लव समूहको कार्यकर्ताको आशंकामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनी विप्लव समूहका केन्द्रीय सदस्य भएको अनुमान गरिएको छ । यद्यपि प्रहरीले पूरै विवरण चाहि खुलाएको छैन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलले रातोपाटीसँग भने– ‘नियन्त्रणमा लिएका व्यक्तिलाई भेरिफाई गर्दैछौ, उनी हामीले सोचेको व्यक्ति हुन् कि अन्य भन्नेमा अनुसन्धान जारी रहेको छ, थप विवरण केही समयपछि आउँछ ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप