सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा लोकसेवा आयोगले पूर्णता पायो, अध्यक्षमा उपाध्याय

बिहीबार, ०६ फागुन २०७७, १९ : ०६
बिहीबार, ०६ फागुन २०७७

सुर्खेत । लामो समयपछि कर्णाली प्रदेशमा लोकसेवा आयोगले पूर्णता पाएको  छ । प्रदेश सरकारले बिहीबार आयोगको अध्यक्षमा रामप्रसाद उपाध्यायलाई नियुक्त गरेको  हो ।  यस्तै, सदस्यहरुमा वसन्तीकुमारी शाही र भक्तबहादुर खड्कालाई नियुक्त गरिएको छ । तीनै जनालाई प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले पद तथा गोपनियताको सपथ खुवाएका छन् । उपाध्याय पूर्व शिक्षा निर्देशक समेत हुन् । 

पदाधिकारी नियुक्तिमा भागबण्डा 
लोकसेवा आयोगका पदाधिकारी चयनमा भागबण्डा गरिएको पाइएको  छ ।   जसअन्तर्गत  मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका दलका नेता जीवनबहादुर शाही र सभाका सभामुख राजबहादुर शाहीले भागबण्डा गरेको पाइएको हो ।

आयोगको अध्यक्षमा नियुक्त भएका रामप्रसाद उपाध्याय मुख्यमन्त्री शाहीको कोटाबाट नियुक्त भएका छन् भने अर्का सदस्य खड्का सभामुख शाहीको कोटाबाट नियुक्त भएको बताइएको  छ ।  अन्य सदस्यले दलको प्रतिनिधित्व गराए पनि विपक्षी दलका नेता जीवनबहादुर शाहीले आफ्नै श्रीमती वसन्ती कुमारी सिंह शाहीलाई आयोगको सदस्य बनाएको स्रोतको दावी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप