सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जसपा नेपालमा गुटः विद्यार्थी संगठनले काठमाडौंमा राष्ट्रिय भेला गर्दै

बिहीबार, ०६ फागुन २०७७, १९ : ३६
बिहीबार, ०६ फागुन २०७७

काठमाडौं । जनता समाजवादी पार्टी नेपालमा गुटगत भेला अझै रोकिएको छैन । तत्कालीन समाजवादी पार्टी तथा राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले पार्टीभित्रका आ–आफ्ना युवा, विद्यार्थीहरुमार्फत गुटगत भेला तथा छलफलहरु जारी राखेका छन् ।  पूर्व पार्टीका युवा तथा विद्यार्थीलगायतका भातृ संगठनहरुले आयोजना गर्ने कार्यक्रममा सोही पार्टीका शीर्ष नेताहरु प्रमुख अतिथि तथा आतिथिको रुपमा सहभागी हुने गरेका छन् । एउटा समूहले आयोजना गरेको कार्यक्रममा अर्को समूह जाँदैन । जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले यो गुटगत भेला समायोजनाको तयारीका लागि भइरहेको प्रतिकृया दिए ।

अहिले जसपा नेपालबीच समायोजनको काम शुरु भएको छ । समायोजनमा आ–आफ्नो पार्टीबाट कुन नेतालाई कहाँ राख्ने र कसरी राख्ने विषयमा छलफल हुने गरेको नेता महतोको दावी छ । तर उनको भनाईअनुसार कतै केही देखिएको छैन । जहाँ कार्यक्रम भएको छ, खुल्ला अन्तरक्रिया कार्यक्रम भएका छन् । नेताहरुले राजनीतिक भाषणा दिएका छन्, समायोजनको रणनीतिबारे कही छलफल भएको देखिँदैन । 

माघ १२ गते पूर्व राजपा नेपाल विद्यार्थी संगठनले काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गर्दैछ । सो भेलामा देशैभरिका पार्टी निकट विद्यार्थीलाई आमन्त्रण गरिएको छ । उक्त भेलालाई पनि समायोजन अघिको पूर्व तयारीको भेला भनिएको छ । तर देशको समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । 

सो कार्यक्रममा पूर्व समाजवादी पार्टीका कुनै पनि नेता तथा विद्यार्थीलाई निमन्त्रणा गरिएको छैन । कार्यक्रमको प्रमुख अतिथि जसपा नेपालका अध्यक्ष र पूर्व राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर रहेका छन् भने अन्य अतिथिमा सोही पार्टीका शीर्ष नेताहरु रहने बताइएको छ । 

विद्यार्थी अध्यक्ष मनिष मिश्रले अहिले दुई पार्टीका विद्यार्थी संगठनबीच समायोजन नभएका कारण छुट्टै कार्यक्रम गर्न लागिएको बताए । समायोजन भएपछि मात्र एकीकृत कार्यक्रम हुने उनले बताए । भेला पूर्व राजपा नेपाल विद्यार्थी संगठनको भेला भएपनि ब्यानरमा जनता समाजवादी पार्टी नेपाल नै राखिने अध्यक्ष मिश्रले स्पष्ट पारे । 

यसअघि मुकेश झा अध्यक्ष रहेको पूर्व राजपा युवा संगठनको भेला जनकपुरमा भएको थियो । त्यसमा प्रमुख अतिथि महन्थ ठाकुर नै थिए । पूर्व समाजवादी पार्टी युवा संगठनका इन्चार्ज योगेन्द्र राय यादवले उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएर सातवटै प्रदेशमा भेला तथा प्रशिक्षण कार्यक्रम गरिसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप