आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैङ्कबाट चितवनको ट्राफिक जरिबाना भुक्तानी सेवा सुरु

शुक्रबार, ०७ फागुन २०७७, १७ : १७
शुक्रबार, ०७ फागुन २०७७

काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडले चितवन जिल्लाको ट्राफिक जरिबाना बापत बुझाउनुपर्ने रकम बैंकिङ्ग प्रणालीबाट भुक्तानी गर्ने सेवा सुरु गरेको छ । 

ग्लोबल आइएमई बैङ्क र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबीच भएको आपसी समझदारी अनुरुप चितवन जिल्लाभर सवारी नियम उल्लघंन हुँदा बुझाउनुपर्ने जरिबाना रकम बैङ्कका जुनसुकै शाखा कार्यालयबाट बुझाउन सकिनेछ । 

चितवनमा आयोजित एक विशेष कार्यक्रमबीच प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामाले उक्त सेवाको शुभारम्भ गरे । ग्राहकवर्गको सेवा तथा सुविधालाई मध्यनजर गर्दै बैङ्कले समयसमयमा यस किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ । 

बैङ्कका नारायणगढ शाखाका प्रबन्धक नारायण प्रसाद पौडेलले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा बैङ्कले आम जनमानसमा सरल सेवा प्रदान गर्ने कुरा व्यक्त गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप