बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नेपाली सेनाका विक्रम परियार भए राष्ट्रिय कविता प्रतियोगितामा प्रथम

शुक्रबार, ०७ फागुन २०७७, २२ : २५
शुक्रबार, ०७ फागुन २०७७

काठमाडौं । नेपाली सेनाका अमल्दार बिक्रम परियार ‘पवन’ राष्ट्रिय कविता महोत्सवमा प्रथम भएका छन् । ७१ औं प्रजातन्त्र दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा परियारको ‘फर्क अब आफ्नै देश’ शीर्षकको कविताले पहिलो स्थान पाएको हो । प्रतियोगितामा प्रथम भएसँगै कवि परियारले नगद ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् । 

प्रतियोगीतामा तनहुँका गोविन्द गोपाल खतिवडा द्धितिय र खोटाङका तेज राई तृतिय भएका छन् । यस्तै निवन्ध लेखनतर्फ इलामका गणेशप्रसाद भट्टराई प्रथम, तेह्रथुमकी रेजिना आपगाई द्धितिय र काठमाडौंका प्रेमराज सिलवाल तृतिय भएका छन् । 

शुक्रबार प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले कविता प्रतियोगिता र निवन्ध प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो स्थान पाउने प्रतियोगीहरुलाई सम्मान गर्दै पुरस्कृत गरेका छन् ।  सुनापति ४, बेथान रामेछापका कवि तथा गीतकार समेत रहेका परियार १३ वर्षदेखि नेपाली सेनामा कार्यरत छन् ।

श्री जंगी असवाव खानामा रहेका उनले यसअघि २०६८ गजल संग्रह ‘जलेको मुटु’ २०७१ सालमा ‘मौन सालिक’ खण्डकाब्य प्रकाशन गरेका छन् भने उनका आधा दर्जन गीत रेर्कड भएका छन् । विगत १५ वर्षदेखि साहित्य सिर्जना गर्दै आएका परियारले राष्ट्रप्रेमको बारेमा कविता तथा गीत लेख्ने गरेका छन् ।

परियारले राष्ट्रिय कविता प्रतियोगितामा प्रथम भएसँगै आफूलाई साहित्यको क्षेत्रमा कलम चलाउन थप हौसला मिलेको र आगामी दिनमा थप चुनौतीसँगै जिम्मेवारी थपिएको प्रतिक्रिया दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप