ललितपुरबाट ३० लाख बढी रकमसहित १७ जुवाडे पक्राउ
शुक्रबार, ०७ फागुन २०७७, २३ : ४२
कठमाडौं । प्रहरीले ३० लाख बढी रकमसहित १७ जुवाडेलाई पक्राउ गरेको छ । शुक्रबार ललितपुर प्रहरीले ३० लाख ८४ हजार ४ सय रुपैयाँसहित उनीहरुलाई गोदावरी नगरपालिका २६ सुनाकोठीबाट पक्राउ गरेको हो । जुवाडेहरुबाट कौडा र तास समेत बरामद गरिएको प्रहरीको भनाई छ ।