सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सेयर बजार सामान्य, अपर तामाकोशीको सेयर मूल्य सर्किट लाग्ने गरी बढ्यो

आइतबार, ०९ फागुन २०७७, १५ : ५९
आइतबार, ०९ फागुन २०७७

काठमाडौं ।  नेप्से परिसुचक ३.६६ अंकले बढेर २६४९.३४ विन्दुमा आइपुगेको छ । आजको बजारमा २ सय ७ कम्पनीको ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २ करोड ४३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको हो । आजको बजारमा दुईवटा कम्पनीको सेयर मूल्य सर्किट ब्रेक लागने गरी बढेको छ । अपर तामाकोशीका सेयरमा १० प्रतिशतले मूलय वृद्धि भएको छ । यसको सेयर प्रतिकित्ता ५ सय ३९ रुपैयाँ पुगेको  छ । यसको बजार पुँजीकरण ५७ अर्ब पुगेको छ । 

यता शिवश्री हाइड्रो पावरको पनि सेयर मूलय १० प्रतिशतले बढेर प्रतिसेयर १ सय ८९ रुपैयाँ पुगेको छ । यस्तै सबैको ध्यान खिचेको नेपाल इन्फ्रास्टक्चरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । यसको प्तिसेयर मूल्य ६ सय रुपैयाँ पुगेको छ । यसको सेयर मूल्य लगातार बढिरहेको छ । 

आजको बजारमा बैकिङ समूह, नीर्जिवन बिमा, फाइनान्स, लघुवित्त, जीवन बिमा समूहमा गिरावट आएको छ भने बाँकी रहेका सबै समुहमा बृद्धि भएको छ । आज नेपाल बैंकको सबैभनदा बढी सेयर खरिद बिक्रि भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप