बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

शनिबार, २१ असोज २०७४, ०५ : २८
शनिबार, २१ असोज २०७४

वि.स. २०७४ साल असोज २१ गते। शनिबार। इश्वी सन् २०१७ अक्टोबर ७ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– द्वितीया, २१:२० बजेउप्रान्त तृतीया। नक्षत्र– अश्विनी, २०:२५ बजेउप्रान्त भरणी। योग– हर्षण, २६:०४ बजेउप्रान्त वज्र। करण– तैतिल, १०:१० बजेदेखि गर, २१:२० बजेउप्रान्त वणिज। आनन्दादिमा सौम्य योग। चन्द्रराशि– मेष। 

काठमाडौंमा सूर्योदय– ६:०० बजे, सूर्यास्त– १७:४२ बजे र दिनमान २९ घडी १४ पला।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफुसँग भएका स्रोत साधनहरुलाई सहि रुपमा परिचालन गरि आम्दानि बढाउँन सकिनेछ । पुराना लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुँनेछ । पढाई लेखाईमा मन जाने हुँनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिनेछ । कुनै पनि बिषयमा समयमा निर्णय लिन सक्दा मानसम्मानमा बृद्धि भएर जानेछ । प्रेममा आत्मियताको भाव झल्कनेछ भने साथिभाईहरु सँगै रहेर मिठो खाना खाने तथा रमाईले गर्ने अवसर जुर्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समयको सहि सदुपयोग गरि बिदेशि लगानिहरु ल्याई रोजगारका अवसरहरु बढाउँन सकिनेछ । कर्म प्राप्तिको लागि लामो दुरिको बिदेश यात्रा हुँने सम्भावनालाई नकार्न सकिदैन । पढाई लेखाईमा मन जाने छैन भने अरु भन्दा कमजोर साबित होईनेछ । व्यावसायबाट भनेजस्तो आम्दानि नहुँने हुँदा थप काम गर्न जागर हराएर जानेछ । घरमा आफन्तबिचनै मनमुटाव बढ्ने योग रहेकोछ भने माया प्रेममा धोका हुँन सक्छ सचेत रहनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) तरल पदार्थ तथा पानि सँग सम्बन्धित व्यापारमा लगानि गरि आम्दानि बढाउँन सकिनेछ । घर परिवारबाट प्रसस्त सहयोग हुँने तथा बुवाको सल्लाह मान्दै अगाढि बढ्दा मनग्ने फाईदा हुँनेछ । पढाई लेखाईमा सुधार गर्दै लान सकिनेछ तथा शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट रुपैया पैसा कमाउँन सकिनेछ । छोटो समय तथा सानो प्रयत्नले कामहरु बन्ने हुँदा मन प्रशन्न हुँनेछ । भाग्यले प्रेम पात्र जुराउँने ग्रहयोग रहेकोछ ।

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) क्षमता प्रयोग गरि अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । नयाँ व्यावसाय थालनि गर्न सकिने तथा भनेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरु आफै किनारा लाग्ने तथा सफलताको सिडि चड्न सकिनेछ । राजनिति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ । प्रेममा रमाउँन चाहनेहरुले एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ ।

सिहं (मा, मी, मू ,मे,मो, टा, टी, टू ,टे) समयको ख्याल नगर्दा कामहरु बिग्रने तथा दण्ड तिर्नुपर्ने हुँन सक्छ सचेत रहनुहोला । आफन्तलाई बेवास्ता गर्दा परेको बेलामा सहयोग नहुँन सक्छ । पढाई लेखाईमा समय दिएपनि भनेजस्तो नतिजा ल्याउँन मुस्किल रहेकोछ । सरकारि काम गर्दा होस गर्नुहोला काम बिग्रने तथा अर्को दिन धाउँनु पर्नेछ । माया प्रेममा गर्नेहरुले आजको दिन नजिक नहुँदा नै राम्रो रहनेछ । अन्य काम गर्नुभन्दा आजको दिन दान धर्म तथा मन्दिर तिरको यात्रा गरि दिन कटाउँनु नै राम्रो रहेकोछ ।

कन्या (टो,पा,पी,पू ,ष,ण,ठ,पे,पो) नचाहादा नचाहादा नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घट्नाको सामना गर्नुपर्नेछ । व्यापारमा समय दिएपनि आम्दानि न्युन हुँने हुँदा आवस्यक्ता टार्न मुस्किल पर्नेछ । पढाईमा मन नजाने तथा अरुकै पोल्टोमा नतिजा पर्नेत । प्रेममा धोका हुँने तथा घर परिवारमा आफन्त सँग सामान्य कुरामा नै ठुलो बिवाद हुँनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा बेवास्ता गर्दा ठुलो रोग लाग्न सक्छ सचेत रहनुहोला । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिना कारण अन्य क्षेत्रमा व्यस्त हुँदा व्यापारमा व्यावसायमा घाटा हुँनेछ  । सवारि साधन तथा अन्य बस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । प्रेमम एक अर्कालाई अबिश्वास गर्दा मनमुटाव बढ्नेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ । व्यावसायिक यात्रा भएपनि गन्तब्य पहिल्याउँन हम्मे हम्मे पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य खराब हुँन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पुराना समस्या तथा बिवादित बिषयहरुलाई केहि समय दिएर सल्टाउँन सकिनेछ । रुपैया पैसा बचत गरि नयाँ व्यापार व्यावसायमा लगानि गर्न सकिनेछ । घर परिवार तथा सामाजिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले मन प्रशन्न रहनेछ । पढाई लेखाईमा सामान्य प्रतिष्पर्धिहरु आफै साईड लाग्नेछन् । आफ्नो बिषेश मान्छेलाई लिएर यात्रामा निश्कन सकिनेछ भने प्रेममा नजिक हुँने समय रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) शेयर बजार तथा आकस्मिक लाभ हुँने व्यापार व्यावसायमा आजको दिन लगानि नबढाउँनुहोला घाटा लाग्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य समन्धि समस्या आई ज्यानलाई दुख दिनेछ । पढाई लेखाईमा समय दिए अनुसार नतिजा नआउँने हुँदा अरुभन्दा पछि परिनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनु जरुरि देखिन्छ । प्रेममा आफ्नो मान्छेलाई अबिश्वास गर्दा आफैलाई चिन्त बढ्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कृषि तथा पशुपालन व्यावसायमा लगानि गर्दै हुँनुहुन्छ भने मनग्गे लाभ लिन सकिनेछ । आमा वा परिवारका सदस्यसित टाडिनु पर्दा गाह्रो महशुष हुँनेछ । पढाई लेखाई बिभिन्न कारणले अश्त व्यस्त रहने तथा तत्काल सुधार गर्न नसकिने हुँदा अरुभन्दा पछि परिनेछ । सर्बसाधारण सहयोग नगर्ने हुँदा राजनिति तथा समाजसेवामा पनि आजको दिन लाग्ने समय छैन । स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जानेछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् भने बिवादलाई हल गर्दै अगाडि बढ्न सकिनेछ । व्यावसायिक यात्राको तयारि गर्न सकिनेछ भने यात्रा उलिब्धिमुलक नै रहनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेकोछ । शाहसिलो काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ ।

मीन (दी दू थ झ ञ दे दो चा ची) समयको सहि सदुपयोग गरि प्रशस्त लाभ लिने समय रहेकोछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे लाभ लिन सकिने तथा आम्दानि बढाउँन सकिनेछ । बोलैरै मनग्गे भन आर्जन गर्न सकिने तथा सापटि स्वरुप दिएको धन सम्पति फिर्ता आउँनेछ । आफन्त तथा घर परिवारका साथ कहि कतै गई स्वादिष्ट भोजन ग्रहण गर्ने बाताबरण बन्नेछ । पढाई लेखाईमा प्रगति गरि नाम कमाउँन सकिनेछ ।

तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप