प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर भएपछि सडकमा खुसियाली, तस्विरमा हेर्नुहोस्
प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले विघटन गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पक्षधरहरु सडकमा निस्किएर खुसियाली मनाएका छन् । सर्वोच्चको निर्णयलाई ऐतिहासिक भन्दै उनीहरुले सडकमा निस्किएर खुसियाली मनाएका हुन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय बदर गरिदिएको छ । मंगलबार सर्वोच्चले प्रधानमन्त्रीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गर्दै संसद बैठक १३ दिनभित्र बोलाउन आदेश दिएको हो।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधि विघटन गरेकी थिइन् । ओलीको कदम असंवैधानिक रहेको भन्दै सर्वोच्चमा अलग–अलग १३ वटा रिट निवेदन दर्ता भएको थियो । ती सबै रिटलाई एकसाथ हेर्दै डेढ महिनादेखि संवैधानिक इजलासमा सुनुवाई हुँदै आएको थियो ।
''