विजयसभा चल्दै गर्दा देउवा भेट्न पुगे प्रचण्ड–नेपाल
बुधबार, १२ फागुन २०७७, १३ : ५०
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्षद्धय पुष्पकमल दाहाल‘प्रचण्ड’,माधवकुमार नेपाल र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता जारी छ । काँग्रेस सभापति देउवा निवास बुढानिलकण्ठमा तीन नेताबीच केहीबेर अघिबाट छलफल सुरु भएको हो । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न प्रचण्ड र नेपाल बुढानिलकण्ठ पुगेका हुन् ।
देउवा निकट स्रोतका अनुसार तीन नेताबीच अबको राजनीतिक कोर्ष कसरी अघि बढाउने भन्ने बारेमा छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधि पुनःस्थापना भएपछि पनि राजीनामा नदिने संकेत गरेका छन् । यस्तो अवस्थामा ओलीविरुद्ध लगिन सक्ने अविश्वास प्रस्ताव, भावी प्रधानमन्त्री चयनलगायतका विषयमा नेताहरुबीच छलफल हुने बुझिएको छ । प्रतिनिधिसभा विघटन बदर भएपछि चितवन पुगेका प्रचण्ड र नेपाल आज बिहानै त्यहाँको सभालाई छाडेर काठमाडौ फर्किएका हुन् ।