प्रवासी मञ्च बेल्जियमले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा
बिहीबार, १३ फागुन २०७७, १२ : ३६
यूरोप/प्रवासी नेपाली एकता मञ्च बेल्जियमले सर्वोच्च अदालतको निर्णयलाई स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग गरेको छ ।
मञ्चका अध्यक्ष जीत लामा र सचिव रमेश कँडेलले बुधबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै आम नेपाली जनताको भावना, विधि र तथ्यहरूको आधारमा संविधानको मर्म अनुरुप विघटित प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेको जनाएका छन् ।
विज्ञप्तिमा ‘२०७७ पुष ५ गतेका दिन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले विघटन गरेकी प्रतिनिधि सभालाई ११ फागुन २०७७ का दिन सम्मानित सर्वोच्च अदालतले बदर गर्ने फैसला गरेको छ । यो निर्णयसँग प्रवासी नेपालीहरू खुशी छौं’ भनिएको छ।