प्रधानसेनापति थापाले लगाए कोरोना विरुद्धको खोप
सोमबार, १७ फागुन २०७७, १३ : ४७
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना विरुद्धको खोप लगाएका छन् । प्रधानसेनापति थापाले सोमबार कोभिड–१९ (कोरोना) विरुद्धको खोपको पहिलो डोज लिएका हुन् ।
छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा पुगेर उनले खोप लिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।