सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शान्तिपूर्ण राजनीतिमा पौडी खेल्न विप्लवलाई आउँछः ओली

शुक्रबार, २१ फागुन २०७७, ०६ : ००
शुक्रबार, २१ फागुन २०७७

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई शान्तिपूर्ण राजनीतिमा पौडी खेल्न आउने बताएका छन् ।  सरकार र विप्लव समूहबीचको सहमतिपत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा ओलीले विप्लवलाई मूलधारको राजनीतिमा स्वागत समेत गरे । 

‘नेपाल एउटा शान्तिको नयाँ युगमा प्रवेश गरेको छ । म नेपाल कम्युनिस्ट पार्टीलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु’ ओलीले भने, ‘यस खुला परिवेशमा र शान्तिपूर्ण राजनीतिमा , राष्ट्रिय राजनीतिको मूलधारमा उहाँलाई स्वागत गर्न चाहन्छु । मलाई विश्वास छ यस राजनीतिमा पौडी खेल्न विप्लवलाई आउँछ । उहाँ यसमा पौडी खेलेर सफलताका साथ अगाडि बढ्नुहुनेछ भन्ने विश्वास लिएको छु,  यसमा उहाँलाई सफलताको हार्दिक शुभकामना भन्न चाहन्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप