बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

एनआरएन विश्व सम्मेलनको यस्तो छ तयारी

आइतबार, २२ असोज २०७४, १२ : २६
आइतबार, २२ असोज २०७४

काठमाडौं–गैर आवासिय नेपाली संघ (एनआरएन)को आठौं विश्व सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितीले जनाएको छ । असोजको २८ देखि ३१ का लागि  निर्धारण गरिएको अन्तराष्ट्रिय सम्मेलनका लागि महाअधिवेसन प्रतिनिधीहरु राजधानी भित्रिसकेको गैर आबासीय नेपाली संघले जानकारी गराएको छ । 
आयोजक समिति गठन
आठौं विश्व सम्मलेनका लागि परराष्ट्र मन्त्री कृष्ण बहादुर महराको संयोजकत्वमा २२ सदस्यीय उच्च स्तरीय समिति बनाइएको छ भने एनआरएन अध्यक्ष शेष घले संयोजक रहेको आयोजक समिति गठन गरिएको छ । 
उच्च स्तरीय समितिमा मन्त्रालयहरुका सचिव  , योजना आयोगका तथा उद्योग वाणिज्य संघका पदाधिकारीहरु रहेको समिति बनाइएको छ । उच्च स्तरीय समितीमा एनआरएनका कार्यकारी निर्देशक राजेश राणा सदस्य सचिव छन् । 
घले निर्देशक रहेको आयोजक समितीले उपसमिती पनि गठन गरेको छ । सभा, इभेन्ट तथा  व्यवस्थापनका गरि उपसमिती गठन गरिएको छ । 
विद्युतिय भोटिङ मेसिन मार्फत निर्वाचन 
एनआरएनको आठौं विश्व सम्मेलनमा  ईलोक्ट्रोनिक भोटिङ् मेसिनको प्रयोग हुने भएको छ । नेतृत्व चयनका लागि असौजको अन्तिममा  हुने चुनाबी पक्रियामा  विद्युतिय भोटिङ् मेसिनको प्रयोग गरिने निर्वाचन समितीले जनाएको छ । विद्युतिय भोटिङ मेसिन मार्फत निर्वाचन गर्दा चुनावी प्रक्रिया छिटो सम्पन्न हुने निर्वाचन समितीले स्पष्ट पारेको छ । 

उम्मेदवारहरुको मनोनयन दर्ता शुल्क निर्धारण
विश्व सम्मेलनमा उम्मेदवारको दावी गर्नेहरुका लागि मनोनयन दर्ता शुल्क पनि तय गरिएको छ । सम्मेलनमा अध्यक्षका उम्मेदवारले  ४५ सय डलर शुल्क वुझाउनु पर्नेछ । उपाध्यक्ष र महासचिवका प्रतिस्पर्धीका लागि  तीन हजार ७५० डलर तोकिएको छ । त्यस्तै सचिव र  कोषाध्यक्षका लागि  तीन हजार ,सह कोषाध्यक्षलाई  दुई हजार ६२५ डलर शुल्क निर्धारण गरिएको छ । महिला ,युवा र क्षेत्रीय संयोजकलाई दुई हजार २५० साथै क्षेत्रीय उपसंमयोजक एक हजार ५०० डलर तोकिएको छ । 
महाधिवेसनका प्रत्यासी महिला तथा युवा क्षेत्रीय उप– संयोजकले एक हजार र आइसिसी सदस्यले शुल्क एक हजार डलर ( ५०० सदस्यता र ५०० भवन निर्माण लेवी) तोकिएको छ । 
अनलाईन मार्फत प्रतिनिधि दर्ता तथा होटल बुकिङ
विश्व सम्मेलनका लागि महाधिवेसन प्रतिनिधीले अनलाइन मार्फत आफ्नो नाम दर्ता गर्ने व्यवस्था मिलाईएको छ । आयोजक समितीले प्रतिनिधीहरुको लागि होटल बुकिङ अनलाईन मार्फत गर्ने व्यवस्था मिलाएको छ । विश्व सम्मेलनका प्रतिनिधीहरुको लागि पाँच र तिन तारे होटलमा बस्ने सुविधा उपलब्ध गरिएको छ । राजधानीका हयात, –याडीसन, घाङग्री ,एयरपोर्ट फेयरफिल्ड र अन्नपुर्ण गरि छ होटलमा वस्ने व्यवस्था गरिएको छ । 
चार दिनसम्म चल्ने विश्व सम्मेलनमा एक हजार बढि महाधिवेसन प्रतिनिधीहरु सहभागी हँुदैछन् । दुई वर्षे कार्यकालका लागि सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप