पाटन, पोखरा र कर्णाली स्वास्थ्य प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान
सोमबार, २४ फागुन २०७७, १२ : ०६
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि मन्त्रालयले उपकुलपति पदका आवेदन खुल्ला गरेको हो । पाटन, पोखरा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति सिफारिस समितिको सचिवालयले सोमबार सूचना जारी गर्दै इच्छुक उमेदवारहरूलाई आवेदन दिन आग्रह गरेको छ ।