हरिभक्तको ‘एकमात्र’ विमोचन
सोमबार, २४ फागुन २०७७, २१ : २२
काठमाडौं । आध्यात्मिक चिन्तन र साहित्यमा कलम चलाउने हरिभक्त सिग्देल ‘महेश’ को आध्यात्मिक चिन्तन ‘एकमात्र’ नामक कृति विमाचन भएको छ । ‘लोकसाहित्य भवन’मा शताब्दी पुरुष सत्यमोहन जोशीका हातबाट कृति विमोचन गरिएको हो ।
सोमबार विहान ललितपुरमा रहेको ‘लोकसाहित्य भवन’मा शताब्दी पुरुष सत्यमोहन जोशीबाट लोकार्पण गरिएको पुस्तकको विमोचन पुनः दिउँसो ‘होटल अकामा’ धुम्बाराहीमा संयुक्त रुपमा विमोचन गरिएको हो ।
हिन्दु धर्मका विज्ञ डा. ऋषिराम पोखरेल, बुद्ध धर्मका विज्ञ नजरुल हुसैन, इसाई धर्मका विज्ञ डा. के.वी.रोकाया, नेपाल सरकारका सचिव एवं तथा समालोचक गोपीनाथ मैनाली, प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल र प्रा.डा. खेम कोइराला ‘बन्धु’ले संयुक्त रुपमा गरेका हुन् ।