सामुदायिक विद्यालयमा मनोपरामर्श कक्ष स्थापना
नेपालमा समयमै परामर्श नपाउँदा आत्महत्या गर्ने बालबालिकाको सङ्ख्या बढ्दै गएका बेला सामुदायिक विद्यालयहरूमा मनोपरामर्श कक्ष स्थापना भएको छ । कोरोना महामारी कालमा निःशुल्क अनि निरन्तर मनोपरामर्श सेवा दिँदै आएको सम्भाव्य फाउण्डेसनले नेपालमै पहिलोपटक सामुदायिक विद्यालयमा मनोपरामर्श कक्ष स्थापना गरिएको हो ।
सिन्धुपाल्चोकको तालामाराङस्थित तेर्से माध्यमिक विद्यालय र बाउनपाटीस्थित जालपादेवी माध्यमिक विद्यालयमा सामुदायिक विद्यालयमा मनोपरामर्श कक्ष स्थापना गरेको संस्थाका सुपरभाइजर केशव श्रीष मगरले बताए । मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको फाउण्डेसनले दुईवटा विद्यालयहरूमा फादर जो थालर एण्ड फ्रेन्ड्सको सहयोगमा मनोपरामर्श कक्ष स्थापना गरेको हो ।
नेपालमा हजारौँ बालबालिकाले सही समयमा मनोपरामर्श नपाउँदा एङ्जाइटी, डिप्रेसन, ओसिडी लगायतका मानसिक तथा मनोसामाजिक समस्यासँग जुध्न नसकेर आत्महत्या दर बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाउँछ ।
विद्यालयमा मनोपरामर्श कक्षा खुल्दा विद्यार्थीहरूले व्यक्तिगत समस्याहरू खुलाउन नचाहने बालबालिकाले विद्यालयमा छुट्टै शान्त, र आरामदायी तरिकाले मनोपरामर्श कक्षबाट मनका पीडा, द्विविधा निर्धक्क भन्न सक्ने वातावरण सिर्जना गरेको मगरले बताए ।