सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धादिङमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

मङ्गलबार, २५ फागुन २०७७, १८ : ४०
मङ्गलबार, २५ फागुन २०७७

धादिङ । बेनीघाट रोराङ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा आज  दुई जनाको मृत्यु भएको छ ।  रुपन्देहीबाट सिमेण्ट लिएर काठमाडौंँतर्फ आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका नालाका चालक ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको छ । 

दुवैको ट्रकले थिचेर मृत्यु भएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । दुर्घटनाग्रस्त सवारी साधन त्रिशूलीमा परेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप