बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

डा. मलखलाल श्रेष्ठ सम्मानित

मङ्गलबार, २५ फागुन २०७७, २० : ०७
मङ्गलबार, २५ फागुन २०७७

 

 


विश्वप्रसिद्ध मुटुरोग विशेषज्ञ प्राध्यापक डा. मलखलाल श्रेष्ठ ‘अनरेरी ओभरसिज फेलोसिप’बाट सम्मानित भएका छन् ।

उनलाई इन्डियन एशोसिएसन अफ कार्डोभास्कुलर–थोरासिस सर्जन्सले सो सम्मान प्रदान गरेका हुन् ।

उक्त सम्मान प्रसिद्धि कमाएका विदेशी शल्यचिकित्सकहरुलाई मात्र प्रदान गर्ने गरिन्छ । सो सम्मान प्राप्त गर्ने श्रेष्ठ पहिलो नेपाली हुन् ।

भारतको नयाँ दिल्लीस्थित एस्कोर्ट अस्पतालमा तथा चेन्नइमा आजभन्दा १२–१३ वर्षअघि पहिलो पटक एओर्टिक सर्जरी (मुटुको महाधमनीको शल्यक्रिया) शुरु गरिदिएको तथा तद्सम्बन्धी तालिम समेत प्रदान गरेको कदरस्वरुप उनलाई सो सम्मान प्रदान गरिएको हो ।

प्राडा श्रेष्ठ जर्मनीको हानोभर मेडिकल स्कुलमा कार्डियाक, थोरासिस, ट्रान्सप्लान्टेसन एण्ड भास्कुलर सर्जरी विभागका उपाध्यक्ष, प्राध्यापक तथा ‘डाइरेक्टर अफ एओर्टिक सर्जरी’का रुपमा कार्यरत छन् ।

डा. श्रेष्ठ वर्षेनी पटक पटक जन्मभूमि नेपाल आई मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटुरोगीहरुको जटील शल्यक्रिया निःशुल्क गरिदिने गर्छन् । उनले पुर्याएको सो योगदानको कदर गर्दै सेन्टरले उनलाई भिजिटिङ प्रोफेसर (अवैतनिक) को दर्जा प्रदान गरेको छ ।

डा. श्रेष्ठले यसअघि गंगालाल हृदयरोग प्रतिष्ठानमा पनि कैयन मुटुरोगीहरुको जटील शल्यक्रिया निःशुल्क गरिसकेका छन् । त्यसबाहेक उनी वर्षेनी भारतमा समेत गई जटील किसिमका मुटुका शल्यक्रियाहरु निःशुल्क नै गरिदिने गर्छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप