माग पूरा भएमा मात्रै सत्ताबारे सोचिन्छ: राजेन्द्र महतो
बुधबार, २६ फागुन २०७७, १६ : ०२
काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधनलगायत आफ्ना माग पूरा भएमा मात्रै सत्ता साझेदारीबारे सोच्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा उनले वर्तमान सरकारसँग माग पूरा गराउने शर्तसहित शुरुमा सहमति गरिएकामा पूरा नभएपछि समर्थन फिर्ता लिइएको स्मरण गराउँदै ती मागबारे सबै पक्षसँग छलफल हुने जनाए ।
सत्तारुढ नेकपा (एमाले) र जसपा बीचको वार्ता टोलीबारे सोधिएको प्रश्नमा उनले हाल सत्ता साझेदारीमा नभई मुद्दाका विषयमा छलफल भएको बताए । जसपाले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, आफ्ना कार्यकर्तालाई लगाइएका मुद्दा फिर्तालगायत माग उठाउँदै आएको छ ।