जसपा र माअोवादी केन्द्रबीच मिलेन कुरा
बुधबार, २६ फागुन २०७७, १९ : २०
काठमाडौं । सत्ता समीकरणका लागि जनता समाजवादी पार्टी र नेकपा माओवादीबीच छलफल भएको छ । तर सो छलफलमा कुनै कुरामा सहमति नभएको बताइएको छ । जसपा नेपालका नेताहरुले आफूहरुले मात्र सहयोग गरेर माओवादी केन्द्रको नेतृत्वमा सरकार नबन्ने भएकाले पहिला काँग्रेससँग कुरा मिलाउन सुझाव दिएको जसपा नेपालका एक नेताले बताए ।
यसपाली आफूहरुको माग पूरा भए मात्र सरकारमा कसैलाई सहयोग गर्ने कुरा राखेर छलफललाई निरन्तरता दिने सहमति गर्दै पेरिडाँडाबाट नेताहरु निस्किएका छन् । बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रेशम चौधरीको रिहाइ, संविधान संशोधन लगायतको विषयमा आफ्नो पार्टी सुरुदेखि नै सकारात्मक रहेको र त्यसका लागि पटक पटक प्रयास पनि गरेको तर एमालेले हुन नदिएको कुरा जसपाका नेताहरुलाई स्मरण गराएका थिए ।