बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा पहिलो पटक ११ महिने बच्चाको कलेजो प्रत्यारोपण

आइतबार, ०१ चैत २०७७, ११ : ५१
आइतबार, ०१ चैत २०७७

 

नेपालमा पहिलो पटक ११ महिने बच्चाको कलेजो प्रत्यारोपण गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काभ्रेका ११ महिने बालकलाई शनिबार राति ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको प्रत्पारोपणविद् डा. रमेशसिंह भण्डारीले बताए ।

जन्मजातदेखि नै कलेजोमा समस्या भएकाले बालकलाई ३५ बर्षका बाबुले कलेजो दिएपछि प्रत्यारोपण गरिएको प्रत्पारोपणविद् डा. भण्डारीले बताए ।

 प्रत्यारोपणमा सहयोग गर्न फोर्टिस अस्पताल भारतका डा.विजय भिजको नेतृत्वमा चिकित्सकको टोलीले सहयोग गरेको थियो । त्रिवि शिक्षण अस्पतालमा कोरोना महामारी सुरु भएदेखि पहिलो पटक कजेजो प्रत्यारोपण गरिएको हो ।

त्रिवि शिक्षण अस्पतालमा कोरोना महामारीपछि मिर्गौला र कलेजो प्रत्यारोपण सेवा रोकिएका थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप