सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतमा पछिल्लो २४ घण्टामा २५ हजारभन्दा बढी कोरोना सङ्क्रमित, १६ हजार सङ्क्रमणमुक्त

आइतबार, ०१ चैत २०७७, १४ : २७
आइतबार, ०१ चैत २०७७

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको सङ्ख्यामा फेरि बृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा २५ हजार ३२० जना सङ्क्रमित भएका हुन् । 

यसअघि एक दिनमा सङ्क्रमितहरुको सङ्ख्या आधा कम भइरहेका बेला अहिले फेरि बढ्दै जान थालेको हो ।  मन्त्रालयले पछिल्लो २४ घण्टामा १६ हजार ६३७ जना कोरोनाभाइरस मुक्त भएको तथ्याङ्क पनि सार्वजनिक गरेको छ । 

भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या एक करोड १३ लाख ५९ हजार ४८ पुगेको अधिकारीहरुले जनाएका छन् ।   कुल सङ्क्रमित मध्ये दुई लाख १० हजार ५२२ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कुल एक करोड नौ लाख ८९ हजार ८९७ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अहिलेसम्म एक लाख ५८ हजार ६०७ जनाको मृत्यु भएको छ । ती मध्ये १६१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।  स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म दुई करोड ९७ लाख ३८ हजार ४०९ खोपको उपभोग भएको छ ।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषद्का अनुसार शनिबारसम्म भारतमा २२ करोड ६७ लाख तीन हजार ६४१ जनाको कोरोना परीक्षण गरिएको छ । शुक्रबार भने आठ लाख ६४ हजार ३६८ जनाको कोरोना परीक्षण गरिएको छ । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप