सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘अनुप्रस्थ’ ब्याण्डको नयाँ गीत ‘सम्झेर मलाई’ सार्वजनिक

आइतबार, ०१ चैत २०७७, १७ : १९
आइतबार, ०१ चैत २०७७

काठमाडौँ । लोकप्रिय नेपाली व्याण्ड ‘अनुप्रस्थ’को नयाँ गीत ‘सम्झेर मलाई’ सार्वजनिक भएको छ । महाशिवरात्रिको अवसरमा  एक प्रस्तुति समेत दिएको ब्यान्डले गीतमा सुरेश शाहीको शब्द र निरन शाहीको स्वर छ ।  गीतमा निरनको गितार, मञ्जिलराज श्रेष्ठको ड्रम, गोविन सुनुवारको गितार, लक्ष्मण डंगोलको बेस गितार र सुरेश महर्जन डंगोलको पर्कसन सुन्न सकिन्छ ।

गीतको भिडियो समेत बनेको छ । जसमा भावना बराइली र गायक निरनलाई देख्न सकिन्छ ।  भिडियोमा आशिष घिमिरेको भीएफएक्स र कम्पोजिसन, धिरज काफ्लेको भीएफएक्स र एनिमेसन सुपरभिजन, आशिष घिमिरे र अनोष गिरी सुनुवारको एनिमेसन, विषी गुरुङ र आशिष घिमिरेको टुडी एनिमेसन, आनोस गिरी, विशाल गुरुङ र आशिष घिमिरेको एनिमेसन,आशिष घिमिरे, रुपेश पण्डित र बबिन बुढाथोकीको रोटोस्कोपिङ र आशिष घिमिरेको क्रोमा छ ।

भिडियो अनुप्रस्थ बेण्ड अफिसियलबाट रिलिज गरिएको हो । सन् २००८ मा ‘स्प्राइट व्याण्ड च्यालेञ्ज’ को उपाधि जितेपछि यो व्याण्ड चर्चामा आएको हो । त्यसयता व्याण्डले विभिन्न गीतहरु संगीत पारखीलाई दिइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप