सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ताको पत्र प्रदेश प्रमुखको कार्यालयमा पेश

बुधबार, ०४ चैत २०७७, १८ : ५९
बुधबार, ०४ चैत २०७७

सुर्खेत ।  नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ताको पत्र प्रदेश प्रमुखको कार्यालयमा पेश भएको छ। बुधबार दिउँसो संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरी प्रदेशसभाका सभामुख र प्रदेश प्रमुखलाई पत्राचार गरेको थियो । साँझ पाँच बजेतिर प्रदेश प्रमुखको कार्यालयले समर्थन फिर्ताको पत्र पेश भएको जानकारी गराएको छ ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार नेकपा एमालेका १० जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने पत्र पेश भएको हो । बिहीबारदेखि लागू हुने गरी समर्थन फिर्ता लिने पत्र दर्ता भएको जनाइएको छ ।

यद्यपी, माओवादी पक्षले भने प्रदेश सरकार सुरक्षित भएको दावी गरेको छ । माधव नेपाल पक्षले काँध थापेपछि प्रदेश सरकार सुरक्षित भएको दावी प्रदेश सरकारका प्रवक्ता समेत रहेकी भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप