सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कस्तो रहनेछ आजको मौसम ?

बिहीबार, ०५ चैत २०७७, ०७ : ४२
बिहीबार, ०५ चैत २०७७

 

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

बिहीबार देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली  र तराईका भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबार देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप