आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

७७ वटै जिल्लामा मतदाता नामावली सङ्कलन र अद्यावधिक सुरु हुँदै

बिहीबार, ०५ चैत २०७७, १० : ०१
बिहीबार, ०५ चैत २०७७

काठमाडौं । निर्वाचन आयोगले आज चैत ५ गतेबाट ७७ वटै जिल्लामा मतदाता नामावली संकलन तथा अद्यावधिक सुरु गर्ने भएको छ । आयोगले विज्ञप्ति जारी गर्दै गत पुष ६ गतेदेखि स्थगित गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक सम्बन्धी कार्य २०७७ चैत्र ५ गतेबाट पुन सञ्चालन गर्ने जनाएको हो ।

निर्वाचन आयोगका अनुसार  २०७७ पुस ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका र सोही मिति सम्ममा १८ वर्ष उमेर पूरा भएका मतदाता नामावली अद्यावधिक कार्यक्रमबाट कायम रहेका १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदातालाई १० हजार ६ सय ६० मतदान स्थलमा आवद्ध गरी अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।

आयोगको मिति २०७७/११/०४ को निर्णयानुसार कायम भएको अन्तिम मतदाता नामावली तथा मतदान स्थल सम्बन्धी जिल्लागत संख्यात्मक यस्तो छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप