सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सेयर बजारमा सुधार, ४ अर्ब ६६ करोडको कारोबार

बिहीबार, ०५ चैत २०७७, १६ : ४६
बिहीबार, ०५ चैत २०७७

काठमाडौं । साताको अन्तिम  सेयर कारोबार दिन (बिहिबार) सेयर बजारमा ४२.९५ अंकको बृद्धि भएको छ । आज ४ अर्ब ६६ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । ट्रेडिङ बाहेक सबै समुहमा हरियाली छ  । ट्रेडिङ समुह भने ३९.६ अंकले घटेको छ । जीवन बिमा तर्फ ४१५ अंकको बढोत्तरी छ भने निर्जीवन बिमा तर्फ १९१.०८ अंकको बढोत्तरी छ ।  

बैंकिङ समूहतर्फ २६.११ अंक, होटल तथा टुरिजम ११२.८८, विकास बैंक २४.३७ अंक,  जलविद्युत ३.१५, फाइनान्स १४.१५ अंक, उत्पादन तथा प्रशोधन १६२.१३ अंक, अन्य समुह ४१.१३ अंक, लघुवित्त समुह १०२.१३ अंक, म्युचुअल फण्ड ०.०६ अंक, इन्भेष्टमेन्ट समूहतर्फ १.३५ अंकले बढोत्तरी भएको छ । 

आज सबैभन्दा बढी ग्रीन लाइफ हाइड्रो पावरले कमाएको छ । यसको १० प्रतिशतले बढेको यसको सेयर मूल्य ३९६ प्रतिकित्ता पुगेको छ । युनाइटेड इदि मार्दी हाइड्रोपावरको पनि सेयर मूल्य १० प्रतिशतले बढेको छ । 
आज कुल १ करोड १६ लाख ५७ हजार ९ सय ७५ कित्ता सेयर किनबेच भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप